२७ कार्तिक, काठमाडौं ।
एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा नेपाल अहिले लोओसको सामना गर्दैछ ।
मलेसियामा जारी खेलमा समूह एको बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले समूह बीको उपबिजेता लाओसको सामना गर्न लागेको हो ।
नेपाल र लाओसबीचको खेल मलेसियाको कुन्चिङस्थित सारावा स्टेट रंगशालामा नेपाली समय अनुसार अहिले दिउँसो सवा २ बजे हुँदैछ ।
तीन टोली सम्मिलित समूह एमा दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा गोलरहित बराबरी खेलको थियो ।
नेपालले शनिबार भएको पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो भने मंगलबार भएको दोस्रो खेलमा बु्रनाईलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै उपाधि यात्रा जारी राखेको हो ।
समूह चरणको खेलमा तीन खेल खेलेको लाओसले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।
शनिबार नै हुने अर्को सेमिफाइनल खेलमा मकाउ र ब्रुनाई भिड्नेछन् । प्रतियोगितामा समूह बीको विजेताको रुपमा मकाउ सेमिफाइनलमा प्रवेश गरेको हो भने समूह एको उपविजेता ब्रुनाई हो ।