चेल्सी च्याम्पियन्स लिगबाट बाहिरियो, पिएसजी क्वाटर फाइलनमा

Posted on: May 02, 2016 | views: 218

एजेन्सी,फागुन २७ । पेसिर सेन्ट जर्मेन पिएसजी च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगको खेल २–१ ले हारेको चेल्सी समग्रमा ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।  पहिलो लेगमा पनि चेल्सी पिएसजीसँग २–१ ले नै पराजित भएको थियो । 

चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा पिएसजीका लागि एड्रिएन राबियो र जाल्टन इब्राहिमोविचले एक एक गोल गरे । चेल्सीका लागि डिएगो कोस्टाले एक गोल फर्काए पनि हार टार्न सकेनन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको अर्को खेलमा पोर्चुगलको बेनीफिकाले रुसको जेनिथ सेन्ट पिट्सवर्गलाई २–१ ले हरायो । 

पहिलो लेगको खेल १–० ले जितेको बेनीफिकाले समग्रमा खेल ३–१ ले आफ्नो पक्षमा पारेको हो । प्रिमियर लिगको १० औं स्थानमा रहेको चेल्सीले आउँदो शनिबार एफए कपको क्वाटर फाइनलमा एभर्टनसँग खेल्नेछ । हालसम्म स्पेनको रियल मड्रिड, फ्रान्सको पिएसजी, पोर्चुगलको बेनीफिका र जर्मनीको उल्फवर्ग क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् । क्वाटरफाइनल पुग्ने अन्य चार टोलीको टुंगो अर्को हप्ता लाग्नेछ ।