म्यानचेस्टरले बार्सिलोनालाई ३-१ ले हरायो

Posted on: November 02, 2016 | views: 310

१७ कार्तिक, काठमाडौं ।

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले म्यानचेष्टर सिटीसँग नमिठो हार व्यहोरेको छ । नाउ क्याम्पमा ब्यहोरेको हारको बदला लिंदै म्यानचेस्टरले बार्सीलोनालाई गएराती भएको खेलमा ३-१ ले पाखा लगाएको छ ।

च्याम्पियन्स लिगको समूह चरण अन्तरगत मंगलबार राति भएको खेलमा बार्सिलोनाले २१ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएपनि यो क्रम जारी राख्न सकेन ।

काउन्टर अट्याकमा नेयमारले दिएको पासमा मेस्सीले च्याम्पियन्स लिगमा ९० औं गोल गरेका थिए ।

सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा ३९ औं मिनेटमा गुन्डोगनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए सँगै उसले थप आक्रामक खेल्न थालेको थियो ।

५१ औं मिनेटमा केभिन डि ब्रुयेनले गोल गर्दै म्यानचेष्टर सिटीलाई अग्रता दिलाए भने ७४ औं मिनेटमा गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टोलीले जित सुनिश्चित गरेको हो ।