ट्वेन्टी-ट्वेन्टी विश्वकप: भारत र पाकिस्तानबीचको खेल स्थान परिवर्तन

Posted on: April 29, 2016 | views: 263

काठमाडौं,फागुन २६ । ट्वेन्टी ट्वेन्टी आइसीसी वर्ल्डकप प्रतियोगिताको भारत र पाकिस्तानबीचको खेल स्थान परिवर्तन गरिएको छ। खेल हुने स्थलमा सुरक्षाको कारण देखाउँदै यसअघि धर्मशालामा हुने भनिएको खेल अब कोलकतामा हुने भएको हो   पाकिस्तानले धर्मशालाको सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाएपछि खेल कोलकतामा हुन लागेको हो । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष शहरयार खानले उठाएको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आइसीसीले खेलस्थान परिवर्तन गर्ने घोषणा गरेको हो। हिमाञ्चल प्रदेशको सरकारले धर्मशालामा हुने खेलका लागि सुरक्षा दिन नसक्ने बताएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले आफ्नो देशको क्रिकेट टोलीको सुरक्षाबारे गृहमन्त्री समक्ष चासो व्यक्त गरेको खबरहरु सार्वजनिक भएका थिए। पाकिस्तानले खेलाडीको सुरक्षाको स्थिति बुझ्न दुई सुरक्षा अधिकारीलाई भारत समेत पठाएको थियो। र पाकिस्तानले धर्मशालामा आफ्ना खेलाडीको सुरक्षालाई लिएर चिन्ता पनि व्यक्त गरेको थियो ।

भारत र पाकिस्तानको खेल हुने कोलकताको इडेन गार्डेनमा ट्वेन्टी–ट्वेन्टी विश्वकपको फाइनल पनि हुने छ । इडेन गार्डेनको दर्शक क्षमता ६६ हजार हो भने हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएसनको धर्मशाला स्टेडियमको दर्शक क्षमता २३ हजार मात्र हो । कोलकताको इडेन गार्डेनमा ट्वेन्टी–ट्वेन्टी विश्वकपको फाइनल पनि हुने छ ।