चेल्सी ईङ्गलिस प्रिमियर लिगको चौथो स्थानमा उक्लियो

Posted on: October 31, 2016 | views: 310

१५ कार्तिक, काठमाडौं ।
चेल्सी ईङ्गल्याण्डमा जारी ईङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको चौथो स्थानमा उक्लिएको छ ।

साउथह्याम्पटनमा आईतबार मध्य राती सम्पन्न खेलमा साउथह्याम्पटनलाई २-० गोल अन्तरले पराजित गर्दै चेल्सीले आफु भन्दा माथि रहेका ३ वटा क्लबलाई पुन दवावमा राख्न सफल भएको छ ।

चेल्सीका लागि एडेन हजार्ड र डियागो कोस्टाले १-१ गोल गरेका थए ।

चेल्सीले यो जित हात पार्दै २२ अङ्कका साथ चौथो स्थानमा उक्लिएको हो ।

चेल्सी भन्दा माथि रहेका तिन वटा क्लबको समान २३ अङ्क रहेको छ ।

फरक गोलका आधारमा मात्रै म्यानचेस्टर सीटि, आस्र्नल र लिभरपुल क्रमस पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

त्यस पछि सोमबार बिहान भएको खेलमा विजयी हुँदै यभर्टन १८ अङ्कका साथ छैठौँ स्थानमा उक्लिएको थियो ।

खेलमा यभर्टनले वेस्टह्यामलाई २÷० गोल अन्तरले पराजित गरेको थियो ।