निराजनको ह्याट्रिकमा संकटाले जित्यो बिकास रनिङ्ग शिल्ड फुटबलको उपाधि

Posted on: October 30, 2016 | views: 174

१४ कार्तिक, चितवन ।
निराजन खड्काको ह्याट्रिक संगै संकटा क्लबले नारायणघाटमा सम्पन्न विकास रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

नारायणघाटको क्याम्पा चौरमा आईतबार सम्पन्न फाईनलमा संकटा क्लबले नेपाल आर्मी कलबलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो ।

प्रथम हुँदै संकटा क्लबले ३ लाख रुपैँया हात पारेको छ । दोस्रो भएको नेपाल आर्मी क्लबले १ लाख ५० हजार रुपँैया हात पारेको  छ ।

संकटाका लागि फाईनलमा ३ गोल गर्दै उपाधि प्राप्त गर्न मद्दत्त गर्ने खेलाडी निराजन खड्का फाईनल खेलको म्यान अफ दि म्याच बन्न सफल भएका थिए ।

यसैगरि प्रतियोगिता अवधि भरि जम्मा ६ गोल गरेका निराजन खड्का सर्वाधिक गोल कर्ता पनि बन्न सफल भए ।

फाईनल खेलको म्यान अफ दि म्याच बापत खड्काले १० हजार रुपैँया प्राप्त गरेका थिए भने सर्वाधिक गोल कर्ता वापत उनले १५ हजार रुपैँया प्राप्त गरेका थिए ।

फ्यर प्ले को उपाधि चितवन ११ फुटबल क्लबले प्राप्त गरेको छ । फ्यर प्ले को उपाधि स्वरुप चितवन ११ फुटबल क्लबले नगद २५ हजार रुपैँया प्राप्त गरेको छ ।

विजयी खेलाडीहरुलाई भुमी सुधार तथा व्यवस्था मन्त्री बिक्रम पाण्डले पुरस्कार वितरण गर्नु भएको थियो ।