भूकम्पबाट क्षति पुगेका विद्यालय मर्मत गर्न फुटबल खेल हुने

Posted on: October 27, 2016 | views: 167

११ कार्तिक, काठमाडौं ।

भुकम्पबाट क्षती पुगेका विद्यालयहरुको पुन निर्माण गर्ने उद्देश्यले नेपाली राष्ट्रिय फुटबल टिम र जापानको व्यवसायीक फुटबल खेलाडिहरु सम्मिलित टिमबिच मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

नेपाल जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष गाँठको अवसर पनि पारेर मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।

जापानको खेल संग सम्बिन्धित संस्था कलराबाथ र अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आगामि मंसिर ४ गते सातदोबाटो स्थित एन्फाको मैदानमा खेल आयोजना हुने काठमाडौँमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

यस मैत्रीपूर्ण खेलबाट उठेको रकम भुकम्पबाट क्षेती पुगेका विद्यालयहरुको पुन निर्माणका साथै फुटबल प्रशिक्षण मैदान निर्माणमा प्रयोग गरिने कलराबाथका नेपाल अध्यक्ष दिपक लामाले जानकारी दिनुभयो ।
दशरथ रङ्गशाला निमार्णाधिन अवस्थामा रहेकोले खेल सातदोबाटोमा गर्नु परेको एन्फाका कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

कार्यकारी अधिकृत तुलाधरले रङ्गशाला निर्माणमा सरकारले निकै उदाशिनता देखाएको पनि बताउनु भयो ।

नेपाल र जापानबिच दुई वर्ष अघि नै मैत्रीपूणै खेल हुने तय भएको भए पनि बैशाख १२ को विनाशकारी भुकम्पका कारण खेल पर सारीएको   थियो ।