हल सिटीको पोष्टमा चार गोल हान्दै आर्सनल क्वाटरफाइनलमा 

Posted on: April 30, 2016 | views: 181

काठमाडौं,फागुन २६ । आर्सनल एफ.ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति हल सिटीको मैदानमा हल सिटीलाई ४ गोल हान्दै  आर्सनल क्वाटरफाइनलमा प्रवेश गरेको हो । पाँचौ चरणको रि प्ले म्याचमा आर्सनल ४–० ले विजयी भयो ।

यसअघि आर्सनलको मैदानमा भएको पहिलो खेल गोलरहीत बराबरीमा सकिएपछि हल सिटीको मैदानमा रि प्ले भएको हो । खेलमा आर्सनललाई विजयी गराउन ओलिभर जिरु र थियो वाल्कोटले दुई–दुई गोल गरे । जितपछि आर्सनलले प्रिमियरसिप प्रतिद्वन्द्वी वाट्फोर्ड विरुद्धको क्वाटरफाइनल भिडन्त तय गरेको छ ।