रियल मड्रिड  क्वाटरफाइनलमा 

Posted on: May 02, 2016 | views: 236

काठमाडौं,फागुन २६ ।  स्पेनिस क्लव रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको  च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रियल मड्रिडले रोमालाई २-० ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । खेलमा रियल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डो र हामेज रोड्रिग्वेजले एक–एक गोल गरे । 

पहिलो लेगमा पनि २-० कै जित हात पारेको रियल मड्रिड समग्रमा ४-० ले विजयी भएको छ । स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिगको १० पटकको च्याम्पियन हो । युएफा च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हनेछन् । आज रुसको जेनिथ र पोर्चुगलको बेनीफिका भिड्दा इङ्ल्यान्डको चेल्सीले फ्रान्सको पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ ।