ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा जिम्बावेको बिजयी सुरुवात

Posted on: May 02, 2016 | views: 226

काठमाडौं,फागुन २५ । भरतमा आजवाट सुरु भएको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा जिम्बावेले बिजयी सुरुवात गरेको छ । ओपनिङ खेलमा आज जिम्बावेले हङकङलाई १४ रनले हराएको छ । जिम्बावेले दिएको १५९ रनको लक्ष्य पछ्याएको हङ्कङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रन मात्र बनाए पछि १४ रनको पराजय भोग्न बाध्य भयो । बिश्वकपको दोस्रो खेलमा अहिले अफगानिस्तान र स्कटल्याण्डका भिडिरहेका छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको आयोजनामा हुन लागेको छैटौँ ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितमा आइसिसीका १० स्थायी सदस्य राष्ट्र तथा गएको वर्ष भएको छनौट प्रतियोगिताबाट छानिएका ६ राष्ट्र गरी १६ टिमको सहभागिता रहने छ ।

पहिलो चरणमा गएको वर्ष भएको छनौट प्रतियोगिताबाट छानिएका स्कटल्याण्ड, आइरल्याण्ड, हङकङ, नेदरल्याण्ड, अफगानिस्ता र ओमन तथा आइसिसीका दुई पूर्ण सदस्य बंगलादेश र जिम्बाबेले खेल्नेछन् । दुई समूहमा विभिजन गरिएका यी टोली मध्ये समूहको शीर्ष स्थानमा रहने दुई टिम दोस्रो चरण अर्थात सुपर टेनमा प्रवेश गर्ने छन् ।

पहिलो चरणको समूह ‘ए’ मा बंगलादेश, नेदरल्याण्ड, आइरल्याण्ड र ओमन तथा समूह ‘बी’ मा जिम्बाबे, स्कटल्याण्ड, हङकङ र अफगानिस्तान छन् । यी दुई समुहका विजेताले सुपर टेनमा आयोजक भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका तथा वेष्टइन्डिजसँग प्रतिस्पर्धा गर्ने छन् ।
सुपर टेनको समूह ‘ए’ मा पहिलो चरणको समूह ‘बी’ को विजेता राष्ट्र, श्रीलंका, दक्षिण अफ्रिका, वेष्टइन्डिज र इंग्ल्याण्ड छन् । यस्तै समूह ‘बी’ मा पहिलो चरणको समूह ‘ए’ को विजेता राष्ट्र, भारत, पाकिस्तान, अस्ट्रेलिया र न्युजिल्याण्ड छन् । प्रतियोगितका खेल भारतका विभिन्न ८ शहरमा हुनेछन् । पहिलो चरण अन्तर्गत मंगलबार नागपुरमा हङकङ र जिम्बाबे तथा अफगानिस्तान र स्कटल्याण्डबिच खेल हुनेछ । दोस्रो चरणका खेल आउँदो चैत दुई गतेदेखि सुरु हुने छ । प्रतियोगिता चैत २१ गते सकिने छ ।