विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोली हङकङ उड्यो

Posted on: October 06, 2016 | views: 641

२१ असोज, काठमाडौं ।
नेपाली महिला क्रिकेट टोली आई सी सी विश्व कप छनोट प्रतियोगितामा सहभागी हुन बिहिबार हङकङ प्रस्थान गरेको छ ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा यस पटक सबनम राई, ज्योती पाण्डे र निर्मला शाहिलाई पनि पहिलो पटक समावेश गरिएको छ ।

प्रतियोगिता यहि असोज २३ देखि २७ गते सम्म संचालन हुनेछ ।

प्रतियोगितामा नेपालले हङकङ, चिन र थाईल्याण्डको सामना गर्ने छ ।

प्रतियोगितामा प्रथम हुने राष्ट्रले अर्को वर्ष ईङ्गल्याण्डमा हुने विश्व कपमा सहभागिता जनाउने छ ।

हङकङ प्रस्थान गर्नु अघि नेपाली महिला क्रिकेट टिमका प्रशिक्षक राजु बसन्यातले अभ्यास सन्तोषजनक भएकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गर्नुभयो ।