श्री कुमारीक्लब र तीन अफिसियल दुईवर्ष निलम्बन

Posted on: September 29, 2016 | views: 214

काठमाडौं,असोज १३ । राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा रेफ्री कुट्ने श्री कुमारीक्लबका  अफिसियल र क्लबलाई एन्फाले निलम्बन गरेको छ ।    न्युरोड टिम एनआरटी सँग १–० ले पराजित भएपछि रेफ्रिमाथि जाई लागेका तीन अफिसियललाई एन्फाले निलम्बन गरेको हो । निलम्बन हुनेमा नकुल हमाल, रवी खड्का र अर्का एक जना रहेका छन् । साथै क्लबलाई ५० हजार जरिवान समेत तिराईएको छ । 

खेलको दौरान एक फल नदिएको निहुँमा फिफा रेफ्री सुदिश पाण्डे, फिफा असिस्टेन्ट रेफ्री पदम भुजेल र युनल मल्ललाइ उनिहरुले  हातपात गरेका हुन्। श्री कुमारी क्लबका टिम म्यानेजर अनुप अधिकारी लगायतका टिम बेन्चमा रहेका अफिसियलले रेफ्रीलाइ खेल सकिएलगत्तै मैदान भित्रनै कुटेका थिए।