बार्सिलोनालाई ८ अंकको अग्रता कायमै

Posted on: May 02, 2016 | views: 222

एजेन्सी,फागुन २४ । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले ८ अंकको अग्रता कायमै राखेको छ । आइतबार राति भएको खेलमा एइबरलाई ४–० ले हराउँदै बार्सिलोनाले एथ्लेटिको मड्रिडसँगको अग्रता कायमै राखेको हो ।  बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज र एल हाडडाडीले एक एक गोल गरे ।  जितपछि बार्सिलोनाको ७२ अंक भएको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ८ अंकले अघि छ । भने ६० अंकको साथ रियाल मड्रिड तेस्रो स्थानमा छ ।