लिभरपुल विजयी,म्यानचेस्टर युनाइटेड पराजित

Posted on: April 30, 2016 | views: 193

एजेन्सी,फागुन २४ ।  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित हुँदा १० खेलाडीमा सिमित लिभरपु भने विजयी भएको छ ।  म्यानचेस्टर युनाइटेड वेष्ट ब्रोमसँग १–० ले पराजित भयो । लिभरपुलले भने क्रिष्टल प्यालेसलाई २-१ ले हरायो । खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुल विजयी बनेको हो । 

प्यालेसले पछिल्ला १२ खेलमा जीत हासिल गर्न सकेको छैन । अर्को खेलमा लिभरपुललाई विजयी गराउन फर्मीनो र क्रिश्चियन बेन्टेकेले एक एक गोल गरे । ३२ वर्षमा वेस्ट ब्रोमले युनाइटेडलाई पहिलो पटक पराजित गरेको हो । वेस्ट ब्रोमलाई जित दिलाउन सालामोन रोन्डोनले निर्णायक गोल गरे । 

हुवान माटाले खेलको २६ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सिमित बनेको थियो । जीतपछि लिभरपुल २८ खेलबाट ४४ अंक जोड्दै लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ ।