एशिया कपको उपाधि भारतले जित्यो, बंगलादेश ८ विकेटले पराजित

Posted on: May 02, 2016 | views: 178

२४ फागुन, एजेन्सी ।
एशिया कपको उपाधि भारतले जितेको छ । बंगलादेशलाई उसकै घरेलु मैदानमा ८ विकेटले हराउँदै गएराती भएको खेलमा भारतले एशिया कप क्रिकेटको उपाधि जितेको हो ।

फाइनलमा भारतले बंगलादेशलाई ८ विकेटको पराकिलो अन्तरले पराजित गरेको हो ।

पानी परेपछि १५ ओभरमा छोट्याइएको खेलमा १ सय २१ रनको लक्ष्य भारतले १ ओभर अघि नै मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

भारतको लागि १४ औं ओभरमा कप्तान महेन्द्रसिंह धोनीले २० रन बटुल्दै जित दिलएका हुन् ।
धोनीले ६ बलमा नटआउट २० रन बनाए भने विराट कोहलीले नटआउट ४१ रन बनाए । विराटले २८ बल खेले भने शिखर धवनले ६० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको बंगलादेशले १५ ओभरमा ५ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । बंगलादेशका लागि महमदुल्लाह ३३ र सब्बिर रेहमान ३२ रनमा नटआउट रहे । ममुल्लाहले मात्र १३ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३३ रन बनाएका थिए ।
एशिया कप क्रिकेटको उपाधि भारतले यो सहित छैठौं पटक जितेको छ ।