मार्भलसको विजयी सुरुवात

Posted on: September 01, 2016 | views: 333

काठमाडौं,भदौ १६ ।  मार्भलस इङलिस स्कुलले सातौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार विजयी सुरुआत गरेको छ । मैतीदेवीस्थित घरेलु कोर्टमा मार्भलसले स्नो एपेक्सलाई ५३–१० को फराकिलो अन्तरले पराजित ग¥यो । मार्भलसको जितमा गणेश कार्कीले १६ अंक योगदान गरे ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगताको ब्वाइजमै हेम्स, काठमाडौं इङलिस स्कुल  (केईएस) र अक्सिडेन्टलले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।

हेम्सले साबलाई २१–१३, केईएसले स्पाङ्गेललाई २३–१४ तथा अक्सिडेन्टलले एक्सिसलाई २९–१० ले हराए । हेम्सका राहुल यादवले १०, केईएसका विजय महतोले ९ तथा अक्सिडेन्टलका मोहित गुरुङले १४ अंक जोडे ।

गल्र्समा हेम्सले एसियन पब्लिकलाई १५–७, साबले मार्भलसलाई १५–१ तथा चाँदबागले स्पाङ्गेललाई २२–२ ले निराश पारे । हेम्सकी सुस्मिता सुर्माली तथा साबकी स्टिला लिम्बूले समान ११–११ स्कोर गरे । बृहस्पतिले साविक विजेता केईएसलाई हरायो ।

प्रतियोगिताको केन्द्रीय प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगतामा ब्वाइजतर्फ १२ तथा गल्र्समा १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष सुकुमार थपलियाले जनाएका छन् ।