एसियाली शारीरिक सुगठनमा नेपालबाट ६ खेलाडीले प्रतिस्पर्धा गर्ने

Posted on: September 01, 2016 | views: 2118

काठमाडौं,भदौ १६ । भुटानको थिम्पुमा हुने ५० औं एसियाली शारीरिक सुगठन प्रतियोगतामा एक महिलासहित नेपालबाट ६ खेलाडी सहभागी हुने भएका छन् । पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६५ केजीमा रामबहादुर दाहाल तथा ७० केजीमा महेश महर्जनले भाग लिने छन् । स्पोर्ट्स फिजिकको पुरुषतर्फ विमललाल श्रेष्ठ, विजयत्तमरत्न वज्राचार्य तथा महिलामा निर्मला खड्काले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोली नेतामा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ तथा प्रशिक्षकमा शारीरिक सुगठनका मुख्य प्रशिक्षक ज्ञानेन्द्र नकर्मी रहेका छन् ।  टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे । भदौ १७ देखि २३ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शुक्रबार जाँदैछ ।