दोधारा चाँदनीमा नगरस्तरिय फुटबल:उद्धघाटन खेल बराबरीमा

Posted on: September 01, 2016 | views: 531

पप्पु गुरुङ्ग, कञ्चनपुर,भदौ १५  । कञ्चनपुरको दोधारा चाँदनीमा संचालन भएको नगर स्तरिय फुटबल प्रतियोगिताको उद्धघाटन खेल बराबरीमा टुङ्गिएको छ् । आजको उद्धघाटन खेलमा जनज्योती स्र्पोटस क्लव र श्रजना युवा क्लव बिच भएको प्रतिस्प्रधात्मक खेलमा २ को बिरुद्ध २ गोल गरेर दुबै टिम बराबरीमा समेटिएको हो । 

शिवनगर स्र्पोटस क्लवका जर्सी नम्बर ७ का नबिन खड्काले मध्यान्तर पछि ७ मिनेटमा  १ गोल गरे खाता खोलेको लगत्तै अर्को शिवनगर स्र्पोटसका नबिन खड्काले अर्को गोल गरे आफ्नो टिमलाई ० को बिरुद्ध २ गोल गरेर अग्रता दिलाएका थिए । शिवनगर स्र्पोटसको लगातार २ गोलको प्रहार पश्चात श्रजना युवा क्लवका जर्सी नम्वर १० का राम बहादुर बुढाले लगातार २ गोल गरेर बराबरीमा ल्याएका थिए । 

आजको बराबरीको खेल भोली ३ बजे खेलिने आयोजक समितिले जनाएको छ् । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि श्री कृष्ण जन्माष्टमीको अवसरमा फुटबल प्रतियोगिता यस बर्ष पनि संचालन हुदै आएको छ् । बिगतमा बिभिन्न संघ सस्थाहरु तथा समुहले संचालन गर्दै आएको दोधारा चाँदनीको फुटवल प्रतियोगिता यस वर्ष भने खेल गणेश ईन्टरप्राईजेज दोधारा चाँदनीले खेल संचालन गर्ने जिम्मा लिएको बताईएको छ् । गणेश ईन्टरप्राईजेजको एक बैठकले आज देखि नगर स्तरिय फुटबल प्रतियोगिता संचालन गर्ने आयोजक गणेश ईन्टरप्राईजेज दोधारा चाँदनीका प्रोपराईटर गणेश थापाले जानकारी दिनु भएको छ् । प्रतियोगितामा पहिलो हुने टिमलाई रु. २० हजार र दोस्रो हुने टिमलाई रु. १० हजार तथा तेस्रो हुने टिमलाई रु. ५ हजार नगद पुरुस्कार राखिएको छ् । 

दोधारा चाँदनी नगरपालिका वडा नं. ७ को लक्ष्मी उच्च माध्यमिक बिद्यालयको प्राङ्गणमा नकआउट सिस्टम द्धारा खेल खेलाईने तथा नगर स्तरिय फुटबल प्रतियोगितामा १० टिम सहभागी रहेका छन् । बाबाथान प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक मान बहादुर बोग्टीले रिबन काटेर खेलको उद्धघाटन गरेका थिए । 

उक्त अवसरमा स्थानिय खेल प्रेमी तथा स्थानियहरुको ठुलो जमघट रहेको थियो । कार्यक्रममा बोल्दै बक्ताहरुले अझै सम्मको खेल तथा खेलाडी दोधारा चाँदनीमा सिमित रहेको हुदा सरोकारवाला निकायले फुटवल खेल तथा खेलाडीको भविष्यको बारे गम्भिर भएर सोच्नु पर्ने अवस्था रहेको बताएका छन् । दोधारा चाँदनीको फुटवलको सुरुवात २०२५ सालमा भएको पुर्वखेलाडी तथा साबिकको दोधारा गाबिस कार्यालयका अध्यक्ष बेल बहादुर रानाले बताएका छन् । त्यस बेला सिमा पारीका भारतिय खेलाडीको फुटबल टिम संग प्रतिस्प्रधा गर्ने चलन चलेको थियो । 

सिमा पारीका खटिमा, नगरा, बंगाली कलोनी, टनकपुर, पिलिभित लगाएत क्षेत्रका फुटवल क्लब आएर प्रतियोगिता संचालन गरिने गरिन्थ्यो । तत्पश्चात २०३९ साल यता आएर तत्कालिन दोधारा र चाँदनी गाबिसका वडा–वडाको प्रतियोगितको सुरुवात भयो । वडा–वडा बिच प्रतिस्प्रधामा झै झगडा बढ्न थालेपनि पछि आएर वडा–वडाको प्रतिस्प्रधा पनि स्थगित गर्दै प्रतिभाको खोज नाम दिएर समुह, संघ संस्था तथा स्पोर्टस क्लबले भाग लिने गरिएको छ् । सयौ दर्शकले आजको उद्धघाटन सत्रको खेलको मज्जा लिएको आयोजक समितिको दाबी रहेको छ् ।