एशिया कप क्रिकेटको उपाधि भिडन्त आज,भारतसँग सजिलै रोकिएला बंगलादेश

Posted on: April 29, 2016 | views: 265

एजेन्सी, फागुन २३ । एशिया कप क्रिकेटको उपाधि भिडन्त आज हुदैछ । फाइनलमा आयोजक बंगलादेशले भारतको सामना गर्दैछ ।  यी दुई देश बीच एशियाकपको फाइनलमा पहिलो पटक भिड्न लागेका हुन् । खेल मीरपुरमा नेपाली समयअनुसार ७ बजेर १५ मिनेटमा सुरु हुनेछ ।  

यसअघि ५ पटक एशिया कप जितिसकेको भारत आज बंगलादेशलाई हराए सर्वाधिक ६ पटक उपाधी जित्ने एक्लो किर्तिमान उसको नाममा हुनेछ । अहिलेसम्म भारत र श्रीलंकाले समान ५–५ पटक उपाधी जितेका छ । एकपटक दुबै टिमले फाइनलमा बराबरी खेलेर उपाधी बाँडेका थिए । भारतले भारतले १९८४,१९८८,१९९०–९१, १९९५ र २०१० मा यो उपाधी जितेको थियो । 
प्रतियोगितामा भारतको यात्रा
पहिलो खेल : बंगलादेश विरुद्ध ४५ रनको जीत
दोस्रो खेल : पाकिस्तान विरुद्ध ५ विकेटको जीत
तेस्रो खेल : श्रीलंका विरुद्ध ५ विकेटको जीत
चौथो खेल : यूएई विरुद्ध ९ विकेटको जीत

प्रतियोगितामा बंगलादेशको यात्रा
पहिलो खेल : भारत विरुद्ध ४५ रनले पराजित
दोस्रो खेल : यूएई विरुद्ध ५१ रनले विजयी
तेस्रो खेल : श्रीलंका विरुद्ध २३ रनले विजयी
चौथो खेल : पाकिस्तान विरुद्ध ५ विकेटले विजयी