चौथो राष्ट्रव्यापी नोभिस बक्सिङ्ग: आर्मीको वर्चस्व

Posted on: August 28, 2016 | views: 274

काठमाडौँ,भदौं १२ । चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिताको उपाधिमा नेपाली आर्मीले बर्चस्व कायम गरेको छ । आइतबार भएको सम्पन्न भएको खेलमा आर्मिको पुरुष र महिला दुवै टिम च्याम्पियन बन्यो । आर्मीको पुरुष  ए टिमले ६ स्वर्ण र २ कास्य पदक हात पार्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । आर्मीकै महिला ए टिमले पनि ४ स्वर्ण र एक रजत सहित उपाधि हात पार्न सफल रह्यो । आर्मी चौथो राष्ट्रव्यापी महिला तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगितामा  कुल १० स्वर्ण र ३ रजत जिती च्याम्पियन भयो ।सातदोबाटो स्थीत अन्तराष्ट्रिय खेलकुद परिषरमा भएको नोभिसतर्फ भने काठमाण्डौ युथ बक्सिङ्ग क्लब र नक्साल बक्सिङले संयुक्त रुपमा टिम च्याम्पियनको उपाधि जित्न सफल भयो । काठमाण्डौ युथ बक्सिङ्ग क्लब र नक्साल बक्सिङ्ग क्लबले समान १ स्वर्ण १ रजत र २ कास्य जित्यो ।

त्यस्तै पुरुष सिनियरतर्फ ४९ केजीमा  नक्साल एका सुसिल थापा प्रथम, एपीएफका आश तामाङ्ग द्वतीय र आर्मीका करन चौधरी र तेज बहादुर  देउवाद्वय तृतीय भएका छन् । ५२ केजीमा आर्मीका प्रेम चौधरी प्रथम,लक्ष्मण तामाङ्ग द्वतीय र विक्रम परियार र  सुभा वि.के. तृतीय भए । ५६ केजीमा आर्मी बी का विमर रोका प्रथम, एपीएफका पुरन राई द्वतीय र गने् थापा र रोशन लामा तृतीय भए । ६० केजी तौलमा नेपाल प्रहरीका  भुपेन्द्र थापा प्रथम,  आर्मीका शुरेस नेपाली द्वतिय र अकास सुवेदी र दिनेश चन्द तृतीय भएका छन् । ६४ केजीमा आर्मीका दिपक श्रेष्ठ प्रथम, झापाका प्रकाश लिम्बु द्वतीय र अनुज भण्डारी र दोर्जे जित्याङ्ग तृतीय भएका छन । ६९ केजीमा आर्मीका विस्नु घले प्रथम, आर्मी बी कै सन्दीप व्यान्जु द्वतीय र श्रीयान्सु प्रजापति र सविन दराई तृतीइ भएका छन् । ७५ केजीमा  आर्मीका दिपेश लामा प्रथम, आर्मी बीकै केशब वम द्वतीय र दिवस लाल लिम्बु र मधुसुधन श्रेष्ठ तेस्रो भए । ८१ केजी तौल समुहमा जावलाखेलका म्याक्स बस्नेत प्रथम, आर्मीका गोकुल गुरुङ्ग द्वतीय र कौशल जंग थापा र विजय केसी तृतीय भए ।

जुनियरतर्फ ४९ केजीमा नक्सालका डेविड तामाङ्ग प्रथम,अल्फाका चन्द्र बहादुर थापा द्वितिय, र कन्चनपुरका विस्नु विस्ट र दमकका धर्मेन्द्र मखिमद्वय तृतीय तथा ५२ केजी तौलतर्फ मेघदुतका प्रदिप घिमिरे प्रथम, नक्साल ए का मिङ्मा ग्याल्जेन शेर्पा, र तृतीयद्वय रोल्पाका  राम प्रसाद पुन र दमकका भीम बहादुर भएका छन् । पुरुषको ५६ केजी तौल समुहम सुनसरीका राकेश राई प्रथम, कास्की बी का  दिनेश बानिया द्वतिय र तृतीय नक्साल बीका पवन भट्टराई र बक्सिङ्ग फिटनेशका  अमिन राई भएका छन ।  ६० केजी तर्फ बानुजका कर्मा तेन्जिङ्ग गुरुङ्ग प्रथम, सौरभ विमली द्वतिय र  साजन गिरी र बुद्ध राज राई तृतीय भएका छन् । ६४ केजी तौल तर्फ जावलाखेल बक्सिङ्ग क्लबका  सरोज  सेवा प्रथम, काठमाण्डौ युथ बक्सिङ्गका  प्रशान्त दाहाल दोस्रो र  मनिश डंगोल तथा युरेन बुढामगर तेस्रो भए ।

त्यस्तै महिला ४८ केजीमा आर्मीका ललिता महर्जन प्रथम, एपीएफका उर्मिला लामा द्वतीय र गिता कुमारी थापामगर र दिविका भुजेल तेस्रो तथा ५१ केजीमा आर्मीकी मीनु गुरुङ्ग प्रथम, माला राई दोस्रो र निता गोसाई र सिता पाठक तेस्रो भइन् । ५४ केजीमा  विमला श्रेष्ठ प्रथम, सन्जु लामा दोस्रो र निशा तामाङ्ग तथा दिव्या गुरुङ्ग तेस्रो भइन् । ५७ केजीमा  निरु गुरुङ्ग प्रथम, माया चौधरी दोस्रो र प्रमिला पाण्डे र रन्जिता मगर तेस्रो तथा ६० केजीमा सरस्वती रानामगर प्रथम, सोनम रोका दोस्रो र  तेस्रोमा दिव्या लिम्बु र सोम माया लिम्बु रहिन् ।

सो अवसरमा स्वर्गीय लक्ष्मण शम्शेर थापाकी धर्म पत्नी नैना राजेश्वरी थापा ,स्वर्गीय पुष्कर ध्वज शाही की धर्मपत्नि हनी शाही र बक्सिङ पुर्व ओलम्पियनलाई सम्मान गरिएको थियो । प्रतियोगिताका टिम च्याम्पियन र पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव केशव कुमार विष्ट,एकिकृत नेकपा माओवादी केन्द्रका खेलकुद इन्चार्ज लिला बहादुर थापा र नेपाल बक्सिङ अध्यक्ष राम अवाले लगायतले पुरस्कृत गरे । प्रमुख अतिथी विष्टले आगामी नेपालमै हुने १३औँ सागमा उत्कृष्ट प्रदर्शन गर्नका लागि अहिले देखि नै दत्तचिक्त भएर लाग्न अनुरोध गरे ।