थ्रीस्टार नागावर्ल्ड क्लबसँग बराबरीमा रोकियो

Posted on: August 23, 2016 | views: 450

काठमाडौं,भदौं ७ ।  मङ्गोलियामा जारी एएफसी कप फुटबलको प्लेअफ छनोटमा नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लबआफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको छ । मंगोलियाको उलानबटारमा भएको खेलमा थ्री स्टार कम्बोडियाको नागावर्ल्ड क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । बराबरीपछि थ्रि स्टारको प्ले अफमा छनौट हुने संभावना बलियो बनेको छ ।  कम्बोडियाले २८ औँ मिनेटमै गोल गर्दै अग्रता लिएको थियो। 

 थ्री स्टारले पहिलो खेलमा आयोजक मङ्गोलियाकै एर्चिम क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो। आजको खेलमा थ्री स्टार विजयी भए स्वतः अर्को चरणमा पुग्ने थियो तर बराबरी भएकोले नागावर्ल्ड र एर्चिमबीचको खेलको नतिजा कुर्नु पर्नेछ। तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा ९ टोलीको सहभागिता रहेको छ। तीनै समूहबाट समूह विजेता टोली अर्को चरणमा पुग्नेछ। थ्रिस्टारले पहिलो खेलमा आयोजक मंगोलियाको इर्चिम क्लबलाई २–० गोलले हराएको थियो ।