ल्यान्डमार्क क्वाटरफाइनलमा

Posted on: August 18, 2016 | views: 231

काठमाडौं, भदौ २ । ल्यान्डमार्क प्रथम पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । ल्यान्डमार्कले अभिषेक ज्ञानमन्दिरलाई १–० को झीनो गोलअन्तरले पराजित ग¥यो । अभिनाश गुरुङले निर्णायक गोल गरे । मध्य बानेश्वरस्थित पिस प्वाइन्ट बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा एप्पल, सेवा सदन र अंकुरले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।


सानोगौचरणमा भएको खेलमा एप्पलले कमल नेत्र छुनामुनालाई टाइब्रेकरमा ४–० गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । सेवा सदनले पनि कन्टिनेन्टललाई टाइब्रेकरमै ५–४ ले पाखा लगायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

एक्सिस् विरुद्धको खेलमा अंकुर ४–० गोलले विजयी भयो । विजेताका मन्दिप भुजेलले २ तथा सञ्जय गुरुङ र विवेक यादवले १–१ गोल गरे ।


उक्त खेलसंगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल आयोजक पिस प्वाइन्ट र रिलायन्स रेसिडेन्सियल, चाल्र्स डार्विन र विद्याकुञ्ज, एप्पल र सेवा सदन तथा ल्यान्डमार्क र अंकुरबीच शुक्रबार हुनेछ ।