जेभियर कप यू–१९:बास्केटबल प्राइमको रोमाञ्चक जित

Posted on: August 17, 2016 | views: 166

काठमाडौं,भदौं १ । प्राईम कलेजले चौथो जेभियर इन्टरनेश्नल अन्तर कलेज यू–१९ बास्केटबल प्रतियोगिमा बुधवार रोमाञ्चक जित निकालेको छ । कालोपुल स्थित आयोजक जेभियर इन्टर नेश्नल कलेजको कोर्टमा भएको पुरुषतर्फको उद्घाटन खेलमा प्राइमले आयोजक जेभियरको ए टिमलाई ४६–५१ अंकले पछि पार्यो । निधारित ४ क्वाटरको खेल ३९–३९ को वरावरी सकिए पछि थप गरिएको ४ मिनेटको समयलाई सदुपयोग गदै प्राइमले बाजी मारेको हो । प्राइमको जितमा दोर्ज लामाले १२ स्कोर गरे । पुरुषतर्फको अन्य खेलमा रिलायन्स र हिमालयनले सफलता हात पारे । रिलायन्सले आयोजक जेभियरको बी टिमलाई ३७–३१ अंकले पछि पार्दा  हिमालयनले ज्ञाननिकेतनलाई ६१–२६ अंकको फराकिलो अन्तरले हरायो ।

रिलायन्सको जितमा सुदिप मगरले १० स्कोर गर्दा हिमालयनका सुम¨ बोगटीले २२ स्कोर गरे । त्यस्तै महिलातर्फको खेलमा आयोजक जेभियरले एनसीसीएसमाथी ४३–१८ को सहज जित निकालेको छ । जेभियरको जितमा कर्म छुदि¨ शेर्पाले सवार्धिक १३ स्कोर गरिन् । महिलातर्फनै साइपालले प्राईमलाई ३७–१६ अंकले पछि पार्यो । आयोजक कलेजका कार्यकारी प्रमुख लोकबहादुर भण्डारीले उद्घाटन गरेको प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ७ टिमको सहभागिता रहेको छ । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगिता भाद्र १० गते सम्म चल्ने छ ।