नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित

Posted on: August 13, 2016 | views: 348

काठमाडौं,साउन २९ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ ।  शनिबार आम्स्टलभिनमा भएको खेलमा घरेलु टोली नेदरल्याण्ड्सलाई नेपालले दिएको ९५ रनको सामान्य विजय लक्ष्य १६ दशमलव ५ ओभरमा ३  विकेट भेट्टायो ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर १ बलमा १० विकेट गुमाएर ९४ रन मात्र बनाएको थियो । नेदरल्याण्ड्सका जिताउन लस्टेफेन माईब्रगले ३३ र वेस्ले वारेसीले ३७ रन बनाए । नेपालका करण केसी, बसन्त रेग्मी र सागर पुनले एकरएक विकेट लिए । 

नेपालका लागि सबैभन्दाबढी अनिल मण्डल ३९ बलमा २० रन बनाएर आउट भए । शरदले १४ रन बनाए ।   मल्ल ११ रन बनाएर बोल्ड आउट भए । कप्तान पारस खड्का बिना रन आउट भए । सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । सोमपाल १२, करण ० रन र सन्दिप १ रन बनाउदै आउट भए । बसन्त भने ७ रनमा नटआउट रहे । 


नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलेका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।

 

यसअघि भएका पहिला चार खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भयो । काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो । नेपालले नेदरल्याण्ड्ससँग दोस्रो खेल सोमबार खेल्नेछ ।