नेपाल भर्सेस नेदरल्याण्ड्स:नेपाल ९४ रनमै अल आउट

Posted on: August 13, 2016 | views: 351

काठमाडौं,साउन २९ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले ९४ रनमै अल आउट भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३८.१ ओभरमा नै सबै विकेट गुमायो । नेपालका लागि सबैभन्दाबढी  अनिल मण्डल ३९ बलमा २० रन बनाए ।  शरदले १४ रन बनाए । मल्ल ११ रन बनाएर बोल्ड आउट भए । कप्तान पारस खड्का बिना रन आउट भए । सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । सोमपाल १२, करण ० रन र सन्दिप १ रन बनाउदै आउट भए । बसन्त भने ७ रनमा नटआउट रहे ।

नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलेका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ । 
यसअघि भएका पहिला चार खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भयो । काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो । नेपालले नेदरल्याण्ड्ससँग दोस्रो खेल सोमबार खेल्नेछ ।