साविक विजेता एपिएफलाई हराँउदै मनाङ फाइलनमा

Posted on: May 03, 2016 | views: 259

धरान, फागुन १९ ।   मनाङ मस्याङ्ग्दी धरानमा जारी अठारौं बुढासुब्बा रेडबुल गोल्डकपमा फाइलनमा प्रवेश गरेको छ।  एन्फा एकेडेमीको खेल मैदानमा भएको बुधबारको खेलमा साविक विजेता एपिएफ क्लवलाई ३–२ गोलले पन्छाउँदै मनाङ फाइनलमा प्रवेश गरेको हो  । खेलको पहिलो मिनेटमा नै मनाङको लागि विदेशी खेलाडी अपिज ओलावालेले गोल गर्दै अग्रता दिलाएका थिए ।

उनले हेमन गुरुङको कर्नर पासमा गोल गरेका थिए । तर, त्यो अग्रता धेरैसम्म टिक्न सकेन । खेलको सातौं मिनेटमा एपिएफका सुदिप शिखाकरले प्रहार गरेको फिकिक बललाई रमेश दंगालले गोल गरी टोलीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि एपिएफले अन्जन विष्टको गोलबाट अग्रता लियो ।

उनले खेलको १३ औं मिनेटमा पाएको अवसरलाई खेर नफाली गोल गरेका थिए । एपिएफले पनि अग्रता धेरैबेर जोगाइ राख्न सकेन । खेलको २६ औं मिनेटमा अनिल गुरुङले गोल गरी मनाङलाई २–२ गोलको बराबरी स्थितिमा पु¥याए । उनले सुजल श्रेष्ठको कर्नरबललाई जाली चुमाएका थिए ।

पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएपछि दोस्रो हाफमा मनाङले थप एक गोल गर्दै जीत हासिल ग-यो । दोस्रो हाफको १६ औं मिनेटमा मनाङका अनन्त तामाङले निर्णायक गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए । मनाङ बिहीबार नेपाल पुलिस क्लव र रुपन्देही ११ को विजेता टिमसँग फाइलनमा भिडन्त हुँदै छ।  खेलको म्यान अफ दि म्याच मनाङका विराज महर्जन हुँदै नगद ५ हजार रुपैयासहित ट्रफी पाए।