युवा तथा खेलकुद मन्त्रीलाई खेलकुद महासंघको बधाई

Posted on: August 05, 2016 | views: 426

काठमाडौं,साउन २१  । माननीय युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलाई ने।क।पा। माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल खेलकुद महासंघले एक भव्य कार्यक्रम गरी सिंहदरबारमा बधाई तथा शुभकामना प्रदान गरियो । उक्त कार्यक्रममा ने.क.पा. माओवादी केन्द्रका स्थाई कमिटी सदस्य तथा खेलकुद फ्याक्सन ईन्चार्ज लिला बहादुर थापा र खेलकुद विभाग प्रमुख तथा महासंघका नेता शिव कोइराला “ज्वाला” लगायत सम्पूर्ण पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा १००औं खेलाडीहरुले सामूहिक रुपमा युवा तथा खेलकुद मन्त्रीलाई कार्यकालको शुभकामना र निरन्तर सहयोगको प्रतिवद्धता जनाएका थिए । उक्त समारोहमा खेलकुद फ्याक्सन ईन्चार्ज लिला बहादुर थापाले खेलकुद विकासको बाधक ऐन परिवर्तन गर्ने । सबै खेलकर्मीहरुलाई राजनितिक पूर्वाग्रह विना समान रुपमा अगाडि बढाउने आशय व्यक्त गरे ।