नेदरल्याण्डविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा,सुनिल इन सुवास आउट

Posted on: August 03, 2016 | views: 402

काठमाडौं,साउन १९ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्सविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा १५ खेलाडी छानिएका छन् । टोलीमा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् भने अन्य सदस्यमा शक्ति गौचन,  बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, राजु रिजाल, करण केसी,  अनिल मण्डल,  सन्दीप लामिछाने,  विक्रम सोव,  राजेश पुलामी मगर र सुनिल धमला  रहेका छन्।  

सुनिल धमलाले पुनरागमन गरेका छन् भने सुवास खकुरेल बाहिरिएका छन् । बेलायत भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका विक्रम शोव टोलीमा छन् । नेपालले आगामी साउन २९ र ३१ गते आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत चौथो चरणका खेलहरू हुनेछन् । यसअघि च्याम्पियनसीप कीर्तिपुर मैदानमा नामिवियालाई दुई खेलमा हराएको थियो।