शेर्पा उपाध्यक्षमा मनोनित

Posted on: July 31, 2016 | views: 182

काठमाडौं, साउन १६ । जेकेएफ गोजुरियो केन्बुकान कराते संघको उपाध्यक्ष साङ दोर्जे शेर्पा उपाध्यक्षमा मनोनित भएका छन् । संघका अध्यक्ष एलबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले शेर्पालाई उपाध्यक्षमा मनोनित गरिएको संघकी महासचिव समेत रहेकी राष्ट्रिय खेलकुद परिषद्की सदस्य अस्मिता गुरुङले जनाएकी छन् । मनोनयनसंगै केन्द्रीय कार्यसमितिको संख्या १५ पुगेको छ । अब दुई सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने छ ।