शीर्ष स्थानमा रहेको लिसेस्टर सिटी बराबरीमा रोकियो

Posted on: May 02, 2016 | views: 196

एजेन्सी,फागुन १९ । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीले वेष्ट ब्रोमसँग बराबरी खेल्दै अंक बाँडेको छ । मंगलबार राति भएको खेलमा लिसेस्टर सिटी वेष्ट ब्रोमसँग २–२ को बराबरीमा रोकिएको हो । लिसेस्टरको घरेलु मैदान किङ्ग्स पावस स्टेडिममा भएको खेलमा वेष्टब्रोमले ११ औं मिनेटमा रोन्डनको गोलबाट अग्रता लिएको थियो । ३० औं मिनेटमा ड्रिङ्कवाटरले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिममा किङ्गले गोल गर्दै लिसेस्टरलाई २-१ को अग्रता दिलाए ।

तर, दोस्रो हाफमा लिसेस्टरले यसलाई जोगाउन सकेन । ५० औं मिनेटमा गार्डनरले गोल गरे । खेलका क्रममा लिसेस्टरको दुई प्रहार बारमा लागेर फर्किएको थियो । त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल २–२ को बराबरीमा सकियो । बराबरीपछि लिसेस्टरको २८ खेलबाट ५७ अंक भएको छ । 

बुधबार राति हुने खेलमा टोटनह्यामले वेष्ट ह्यामलाई हराए उसको पनि २८ खेलबाट ५७ अंक नै हुनेछ र गोल अन्तरका आधारमा शीर्ष स्थानमा उक्लिने छ । २८ खेलबाट ३६ अंक जोडेको वेष्ट ब्रोम १३ औं स्थानमा छ ।