महिला क्रिकेट छनोट: उपाधिका लागि पूर्वाञ्चल र एपिएफ भिड्ने

Posted on: July 25, 2016 | views: 296

काठमाडौं,असार १० । महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि विभागीय क्लब सशस्त्रको एपिएफले  पूर्वाञ्चल विकास क्षेत्रको समना गर्ने भएको छ ।  समूह बी अन्तर्गत सोमबार पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चलबीचको खेल पानी परेकाले अवरुद्ध भएपछि रन रेटमा अगाडि रहँदै पूर्वाञ्चल फाइनलका लागि योग्य ठहरिदै उपाधिको यात्र तय गरेको हो । एपिएफ समूह ए को विजेता बन्दै फाइनल पुगिसकेको छ।
 खेलको नतिजा नआएपछि दुवै टोलीलाई एकरएक अंक बाँडिएको थियो। तर समूह बीमा एक जितसहित पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चलको समान ३ अंक भए पनि राम्रो रन रेट भएका कारण पूर्वाञ्चल समूह विजेता बनेको हो। दुई खेलबाट पूर्वाञ्चलको रनरेट २ दशमलव ९७५ छ भने सुदूर पश्चिमाञ्चलको शून्य दशमलव ३९७ समात्र छ।
 
खेलमा पूर्वाञ्चलले टस जितेर फिल्डिङ रोजेपछि सुदूर पश्चिमाञ्चलले पहिले ब्याटिङ गरेको थियो। सुदुर पश्चिमाञ्चलले ७ दशमलव २ ओभरमा ६ विकेट गुमाएर मात्र ७ रन बनाउँदा वर्षा बाधक बनेपछि खेल रद्द गरियो। पूर्वाञ्चल र एपिएफबीचको फाइनल खेल मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।