भ्याली पब्लिक र डाफोडिलको जित

Posted on: July 23, 2016 | views: 209

काठमाडौं, साउन ८ । भ्याली पब्लिक ‘बी’ र डाफोडिलले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ शनिबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘बी’ ले गोल्डेनपिकलाई १४–१० ले पराजित ग¥यो । विजेताकी सविना सुवेदीले ८ अंक जोडिन् । डाफोडिलले मन्जुगोक्सालाई १२–११ को साँघुरो अन्तरले हरायो । विजयी टिमका लागि प्रकृतिले ६ अंक जोडिन् ।

गल्र्सकै अन्य लिग खेलमा बाबाले बुद्ध एकेडेमीलाई १३–११ तथा निम्सले भ्याली पब्लिक ‘ए’ लाई २६–२२ ले निराश पारे । जितमा बाबाकी डिक्की लामा शेर्पाले ७ तथा निम्सकी मनीषा तामाङले १२ अंक योगदान गरे ।

स्टुडेन्ड काउन्सिल अफ माउन्ट कैलाशद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा निम्स र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले सफलता हात पारे । निम्सले भ्याली पब्लिक विरुद्ध ४०–३० को जित निकाल्यो । निम्सका बुद्ध मगरले ११ स्कोर गरे । एचएचसीएले नेरिक एकेडेमीमाथि ५४–३२ को जित रच्यो । एचएचसीएका विशाल राईले १८ स्कोर गरे ।