गोल्डेन गेटलाई फुटसल उपाधी

Posted on: May 03, 2016 | views: 237

काठमाडौं,फागुन १८ । आयोजक गोल्डेनगेट कलेज ए ले अन्तर कलेज गोल्डेनगेट फुटसल प्रतियोगिता २०१६ को उपाधी हात पारेको छ । फाईनलमा गोल्डेनगेटले गुहेश्वरीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेको हो । विजयी टिमको लागि सविन डङ्गोलले एक मात्र गोल गरेका थिए ।

बिजेता टिमले नगद ३० हजार र उपबिजेता टोलीले नगद १५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । शान्तिनगरस्थित फुटसल मैदानमा भएको दुई दिने प्रतियोगितामा गोल्डेनगेट बिका प्र्रविन श्रेष्ठ उत्कृष्ट गोलकिपर र विजयी ए का सविन डङ्गोल उच्च गोलकर्ता घोषित भए । नविनले प्रतियोगिता भर ६ गोल गरेका थिए । उनीहरुले नगद १५ हजार सहित प्रमाण पत्र प्राप्त गरे ।

गोल्डेनगेट बिबिएस तेश्रो बर्षमा अध्यनरत बिद्यार्थीहरुको पहलमा भएको प्रतियोगिताको सेमिफाइनलमा गोल्डेनगेटले पवन प्रकृतीलाई १–०ले र गुहेश्वरीले आयोजक बिलाई टाईब्रेकरमा २–१ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । बिजयी खेलाडीहरुलाई गोल्डेनगेटका सिईयो रमेश सिलवालले पुरस्कार बितरण गरेका थिए ।