टेनिस टोली कोलम्बो जाने

Posted on: April 30, 2016 | views: 212

काठमाडौं,फागुन १८ । यु–१४ महिला विश्व जुनियर च्याम्पियनसिपमा सहभागी हुन तीन सदस्यिय नेपाली लन टेनिस टोली बुधबार त्यस तर्फ प्रस्थान गर्ने भएका छन् । मित्र राष्ट्र श्रीलङकाको राजधानी कोलम्बोमा मार्च २ देखि ९ तारिख २०१६ सम्म आयोजना हुने प्रतियोगितामा प्रेरण कोइराला र सलोनी तामाङ्गले प्रतिस्पर्धा गर्ने छन् । टिम प्रशिक्षकमा राज कुमार लामा रहेका छन् ।

मंगलबार एक समारोहविच नेपाल लन टेनिस संघका महासचिव मनोहर दास मुलले खेलाडी तथा प्रशिक्षकलाई विदाई गरे ।