जगजित अष्ट्रेलियन क्लबमा अनुबन्धित

Posted on: July 17, 2016 | views: 466

काठमाडौं,साउन २ । राष्ट्रिय टोलीका मिड्फिल्डर जगजित श्रेष्ठ अष्ट्रेलियाको फुटबल क्लबमा अनुबन्धित भएका छन् । श्रेष्ठ स्टेट २ लिगको ह्युम युनाइटेड एफ.सी. सँग अनुबन्धित भएका हुन् ।  जगजितले जारी सिजनमा मासिक १५०० अष्ट्रेलियन डलर लिनेछन् भने आगामी सिजन यसलाई थप गरिन सक्ने प्रावधान पनि रहेको छ। जगजित राष्ट्रिय टोलीको क्याम्प हुँदाहुँदै अष्ट्रेलिया लागेका थिए।