आर्चरीमा तमन्नाको तमन्ना

Posted on: July 16, 2016 | views: 345

पप्पु गुरुङ्, १ साउन, दोधारा चाँदनी । सानै छदा साथीहरु संग खेल्ने मामिलामा कहिल्यै उनि कहिले मिलेनन् । दोधारा चाँदनी नगरपालिका वडा नंं ७, कञ्चनपुर दोधारा चाँदनीका वर्ष १५ का तमन्ना क्षेत्री । राष्ट्रिय स्तरको खेलमा स्वर्ण पदक थापेपछि तमन्ना मख्खै छन् । उनि आर्चरीमा अझ समय ब्यथित गर्ने उनको मनसाय छ् । छोटो समयमा उनले गरेको प्रगति प्रति उनका परिजन समेत खुशी भएका छन् । दोधारा चाँदनीको एक बोर्डिङ्ग स्कुल ओंमपुष्पाञ्जली बोर्डिङ्ग स्कुलमा कक्ष १० मा अध्यनर्त छात्रा उनले स्वर्ण पदक थापे पछि बिद्यालयमा समेत रौनक आएको छ् । २०५८ साल माघ ५ गते जन्मेका तमन्ना अरू साथी बिद्यालय फुटवल, भलिवल तथा ब्यनटमिन्टन खेल्थे । तर, उनी बाँसले बनाएको पौराणिक शस्त्र धनुष संग एकोहोरिए । बाँस पाउने बित्तिकै त्यसलाई हल्का बंग्याउथे । दुई छेउ जोड्ने गरी डोरीले कस्थे । साना तिना छेस्का बीचमा राखेर प्रहार गर्थे । धेरै पछि थाहा पाए, त्यसलाई धनुष पो भन्ने रहेछन् । २ वर्ष अघि देख मात्र आफ्ना गुरु मान्दै आएका दोधाराका होम बहादुर थापाले राष्ट्रिय खेलमा स्वर्ण पदक पाएको सुने । त्यत्तीन्जेल उनि घरमै बिना गुरुको पौराणिक हाते धनुष बाणमा अल्झिै रहेका थिए तमन्ना । उनी भित्र यही खेलबाट महाकालीपारीको नेपाली भूगोल दोधारा चाँदनीको नाम राख्ने हुटहुटी जागेर आयो । रेडियो, पत्रपत्रिकामा अन्य ठाउको नाउ आउने तर खेलमा दोधारा चाँदनीको नाउ कहिल्यै उनले सुन्न नपाएको उनको मनमा भिज्यो । तमन्ना भन्छन् “कतिपयले त दोधारा चाँदनीबाट आएको भन्दा पनि चिन्दैनन् ।  त्यो पनि नेपाल हो भनेर प्रश्न गर्छन् । अब यही खेलबाट चिनाउछु ।” खेलबारे थप सोधखोज गर्ने क्रममा उनले आर्चरीका गोल्डमेडलष्टि होम बहादुर थापालाई भेट गरे । तमन्नाको उत्सुकताबाट प्रभावित उनका गुरुले उनलाई सघाए । तमन्नाको घर परिवारको छोरीको चाहाना अनुरुप एउटा धनुष किनिदिए । “छोरीले आर्चरी खेलबाट रामंै्र गर्ला भन्ने हामीले सोचेका थियौ । उनको लगन तथा ईच्छाबाट बुझेको थियौ” तमन्नाको आमा शोनी क्षेत्रीले भने । छोरीले आर्चरी राष्ट्रिय स्तरको खेलमा स्वर्ण पदक हात पारेपछि  उनका घरपरिवारमा समेत खुशीको लहर छाएको छ् । तमन्नाको आमालाई अझै छोरीको प्रगति हेर्ने ईच्छा छ् । तमन्नाको आमा भन्छिन् –“छोरी भएर हाम्रो ईज्जतनै राखिन” ओंमपुष्पाञ्जली बोर्डिङ्ग स्कुलमा अध्यन्रत तमन्ना क्षेत्री लाई खेल सामग्री खरिदमा आर्थिक अभावकै कारण खेलमा अरु खेलाडीहरुलाई समेट्न नपाएको पीडा पनि त्यत्तीकै छ् । नगरपालिका कार्यालय लगाएत खेलकुद बिकास कार्यालयले आर्चरी खेलमा खासै ध्यान नपुर्‍याएको उनको गुनासो रहेको छ् । आर्चरी खेलाडीहरुका लागी दोधारा चाँदनीमा खेल मैदान तथा खेल सामग्री सरकारले उपलब्ध गराई खेलाडीको संख्यामा बृद्धी गराई दोधारा चाँदनीको नाउ प्रख्यात गर्ने  तमन्नाको तमन्ना छ् । उनकै भनाइमा एउटा राम्रो धनुष (रकिर्भ) किन्न एक लाख रुपियाँ भन्दा बढी पर्छ । बाँसको धनुष किन्दा पनि कम्तीमा पाँच हजार रुपिया पर्छ । उनलाई आफ्नो गुरु होम बहादुर थापालले राम्रै सहयोग गरेपनि स्थानिय क्षेत्रबाट आर्चरी खेलमा खासै चाँसो नराखेको उनको पिरलो छ् । “अरु खेल सरह दोधारा चाँदनीमा पनि नगरपालिका तथा सरोकारवालाले बजेट बिनियोजन गर्नु पर्छ” तमन्नाको भनाई छ् । ओंम पुष्पाञ्जली ई. स्कुलका प्रिन्सपल पुष्पा क्षेत्री पुनले तमन्ना निकै प्रभाशाली खेलाडी भएको बताएका छन् । “तमन्नालाई अर्चरी खेलमा निकै चाँसो छ्” प्रिन्सपल पुष्पा क्षेत्री पुनले भने । प्रिन्सपल पुष्पा क्षेत्री पुनका अनुसार धनुवाणमा उनको निकै लगन देखेको बताएका छन् । “उनले बिद्यालयको नाउ उच्च मात्रै गरेनन् । सारा शुदुरपश्चिमको नाउनै राखेका छन्” प्रिन्सपल पुष्पाले थिपिन् । नेकपा(एमाले) दोधारा चाँदनीका अध्यक्ष किशोर कुमार लिम्बु अनुसार तमन्नाले आर्चरी राष्ट्रिय स्तरका खेलमा दोधारा चाँदनीबाट प्रतिनिधित्व गरेर स्वर्ण पदक हात पारेर समग्र दोधारा चाँदनी क्षेत्रको नाउ उज्जवल गरेको बताएका छन् । आर्चरी खेललाई अरु खेल सरह नगरपालिकाबाट बजेट बिनियोजनमा आफ्नो पार्टीले पहल गर्ने नेकपा (एमाले) दोधारा चाँदनीका अध्यक्ष किशोर कुमार लिम्बुले बताएका छन् । कन्चनपुर आर्चरी टिम र मनाङ्ग मर्सायाङ्गदी आर्चरी टिम तेश्रो लक्ष्मण कुमार श्रेष्ठ स्मृती राष्ट्रिय ईन्डोर आर्चरी प्रतियोगिता २०७३ मा मिक्स टिम ईभेन्टमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । स्टान्डर्ड तर्फ कन्चनपुरका दोधारा चाँदनीका रोशन पुन र तमन्ना क्षेत्रीको जोडीले तुङ्गग्राम ईन्टरनेशनलका विकास सुवेदी र अक्षिता गुरुङ्गको जोडीलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेपछि उनि अझ हौसिएका छन् । तमन्नाले राष्ट्रिय स्तरको खेलमा स्वर्ण पदक प्राप्त गरेपछि उनि अध्यन गर्ने बिद्यालय ओम पुष्पाञ्जली बोर्डिङ्ग स्कुल र फारवेष्ट आर्चरी क्लवले आज एक कार्यक्रम बिच तमन्नालाई सम्मान गरेको छ् ।