शिरिष र गौरिका रियोको लागि छनोट

Posted on: July 12, 2016 | views: 213

काठमाडौं,असार २८ ।  ब्राजिलको रियो द जेनेरियोमा अयोजाना हुने रियो ओलम्पिकका लागि पौडी खेलमा शिरिष गुरुङ्ग र गौरिका सिंह छनोट भएका छन् । पौडीको अन्तराष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुवईमा आयोजना गरेको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भई फिना अंकको नजिक रहेको आधारमा गुरुङ्ग र गौरिकालाई रियो ओलम्पिकका लागि छनोट गरिएको सोमबार नेपाल पौडी संघलाई जानकारी गराएको अध्यक्ष अशोक बज्राचार्यले बताए ।

रियो ओलम्पिकमा गुरुङ्गले १०० मिटर फ्रिस्टायलमा र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने अध्यक्ष बज्राचार्यले जाकारी गराए ।