आर्चरीमा स्वर्ण पदक बिजेता खेलाडीहरुलाई दोधारा चाँदनीमा स्वागत

Posted on: July 11, 2016 | views: 515

पप्पु गुरुङ्ग २७ असार, दोधारा चाँदनी । महाकाली झोलुङे पुलमा आर्चरीका खेलाडीलाई भव्यताका साथ आज स्वागत गरिएको छ् । उनिहरुलाई दोधारा चाँदनीका खेलप्रेमीहरुले झोलुङे पुलमै अबिर माला लगाएर उनिहरुको भब्यताको साथ स्वागत गरेका हुन् । काठ्माण्डौको दशरथ रङ्शालामा सम्पन्न तेस्रो राष्टिय इन्डोर आर्चरी प्रतियोगितामा रोशन पुन र तमन्ना क्षेत्रीको जोडिले टिआइए का बिकास सुबेदी र अक्षिता गुरुङ्क जोडिलाई जित्दै स्वर्ण पदक हात पारेका थिए । कन्चनपुर आर्चरी टिम र मनाङ्ग मर्सायाङ्गदी आर्चरी टिम तेश्रो लक्ष्मण कुमार श्रेष्ठ स्मृती राष्ट्रिय ईन्डोर आर्चरी प्रतियोगिता २०७३ मा मिक्स टिम ईभेन्टमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । स्टान्डर्ड तर्फ कन्चनपुरका दोधारा चाँदनीका रोशन पुन र तमन्ना क्षेत्रीको जोडीले तुङ्गग्राम ईन्टरनेशनलका विकास सुवेदी र अक्षिता गुरुङ्गको जोडीलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । तेश्रो स्थानमा सेनाका प्रेम बिक र पुजा थापाको जोडी रहे । यस्तै रिकर्भ टिम ईभेन्ट (ओलम्पिक ईभेन्ट) मा मनाङ्ग मर्सायाङ्गदी आर्चरी टिमका जित मोक्तान र सुनिता मोक्तानको जोडीले सेनाका खुम बहादुर कुमाल र ज्ञानु अवालेको जोडी माथी जित हात पार्दै स्वर्णलाई खल्तिमा हाले । कास्कीका अमृत गुरुङ्ग र रश्मी दर्लामीको जोडीले कास्य पदक पाए । यस्तै टिम ईभेन्ट्स तर्फको रिकर्भमा कास्कीका अमृत गुरुङ्ग, अशिम शेरचन र होम थापाको जोडी तथा स्ट्यान्डर्डमा स्वयंभु आर्चरी क्लबका शंकर गुरुङ्ग, कर्मा वाङ्गचुक गुरुङ्ग र उर्जेन फुन्सुक दोर्जे गुरुङ्गको जोडीले कास्य पदक प्राप्त गरे । यता दोधारा चाँदनीमा रोशन पुन र तमन्ना क्षेत्रीको जोडीले मिक्स टिम ईभेन्टमा स्वर्ण पदक प्राप्त गरेकोमा उत्साह मनाउने भएका छन् । बिगतका दिनमा पनि सुदूरपश्चिमका तर्फ बाट आर्चरीमा थुप्रै पदक समेत जित्न सफल भएको छ । यस खेलबाट रिओ ओलम्पिकमा नेपाल पनि सहभागी हुदै छ ।