युरो २०१६ को गोल्डेन बुट ग्रिजम्यानलाई !

Posted on: July 08, 2016 | views: 806

काठमाडौं,असार २४ । फ्रान्सलाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका फ्रान्सका एन्टोनियो ग्रिजम्यानले युरोकप २०१६ को गोल्डेन बुट पाउने सम्भावना बलियो भएको छ । शुक्रबार विहान जर्मनीविरुद्ध दुई गोल गरेसँगै उनको  गोल संख्या ६ पुगेको छ । पोर्चुगलका रोनाल्डो र नानीसागै फ्रान्सका ओलिभर जिरुड र दिमित्री पयेटले समान ३-३ गोल गरेका छन् ।


अब सबैको लागि फाइनल खेल मात्र बाँकी रहेकोले ग्रिजम्यानले गोल्डेन बुट जित्ने सम्भावना बलिको रहेको हो ।  ग्रिजम्यानलाई भेट्टाउन पनि तीन गोल गर्नुपर्छ । ग्रिजम्यान अफैं पनि फाइनल खेल्दैछन् र उनले नै पनि गोल गर्न सक्छन् । अरुले एकै खेलमा चार गोल हान्ने सम्भावना कम रहेको छ । यसकारण  युरो २०१६ को गोल्डेन बुट ग्रिजम्यानले हात पार्ने लगभग पक्का जस्तै देखिएको छ ।