आइसल्याण्डलाई हराँउदै फ्रान्स सेमिफाइनलमा

Posted on: July 04, 2016 | views: 549

एजेन्सी,असार २० । युरो २०१६ को क्वाटरफाइनलमा आयोजक फ्रान्ससँग पराजित हुदै आइसल्याण्डको शाहसिक यात्रा समाप्त भएको छ । फ्रान्स भने आइसल्याण्डविरुद्ध पाँच गोल गर्दै सेमिफाइनलमा विश्व विजेता जर्मनीसँगको भेट पक्का गरेको छ । सोमबार विहान भएको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले सुरुदेखि नै दबाव कायम आइसल्ल्याण्डलाई ५-२ गोल अन्तरले हरायो ।  १२ औं मिनेटमा ओलिभर जिरउडको गोलबाट अग्रता लिएको फ्रान्सले त्यसको ७ मिनेटपछि नै पल पोग्बाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।


खेलको ४२ औं मिनेटमा दिमित्री पयेटले गोल गरे भने ४५ औं मिनेटमा एन्टोनिओ ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा नै ४-० को अग्रता दिलाए । ५६ औं मिनेटमा घरेलु समर्थकलाई स्तभ्द पार्ने गरी आइसल्याण्डका बोल्बियन सिगथोर्सनले गोल गरे । आइरिस समर्थकले यो गोलको खुसी धेरैबेर मनाउन पाएनन् । पाँच मिनेटपछि नै जिरउडले व्यक्तिगत दोस्रो गोल गरे र फ्रान्सले ५-१ को अग्रता लियो । खेलको ८४ औं मिनेटमा बिर्किर बिआर्नेसनले गोल गरेपनि आइसल्याण्डको हार टार्न सकेनन् ।


समूह चरणमा अष्ट्रियालाई हराएर समूह उपविजेता बनेको आइसल्याण्डले प्रि क्वार्टरफाइनलमा उपाधि दाबेदार मानिएको इंग्ल्याण्डलाई शिकार बनाउदै चर्चामा आएर  हजारौं समर्थक बटुलेर घर फर्किएको छ ।