एकदिवसीय लिग र टेष्टमा दुई डिभिजन बनाउने दुबै प्रस्ताव पास हुन सकेन

Posted on: July 02, 2016 | views: 361

१८ आसर, काठमाडौं । 

एकदिवसीय लिग र टेष्टमा क्रिकेटमा दुई डिभिजन बनाउने दुवै प्रस्ताव  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एडिनबरा बैठक पास हुन सकेन् । स्टकल्याण्डको एडिनबरामा भएको आईसीसीको साधारणसभा र बोर्ड मिटिङमा नयाँ प्रस्ताव पेश भएको थियो । बैठकमा सदस्यहरुले प्रस्तावको पूर्ण विवरण माग गरेको आईसीसीले जनाएको छ । यो प्रस्तावबारे छलफल गर्न आगामी सेप्टेम्बरमा दुबईमा बैठक बोलाइएको छ ।  


पहिलो तहमा शक्तिशाली देशहरु रहेनछन् भने दोस्रो तहमा एशोसिएट्स देशले आफ्नो भाग्य जाँच्न पाउनेछन् । यो प्रस्ताव पास भएको अवस्थामा नेपालले समेत टेष्ट खेल्ने मौका पाउने सम्भावना रहेको छ । यस्तै अर्को प्रस्ताव एकदिवसीय लिगको छ । जसमा टेष्ट टेष्ट टिमसहित १३ टिम हुनेछन् । र, १३ औं टिमको दाबेदारका रुपमा नेपाललाई समेत हेरिएको थियो ।