सेभिल्लालाई हराउँदै बार्सिलोनाद्वारा ८ अंकको अग्रता

Posted on: May 02, 2016 | views: 208

एजेन्सी,फागुन १७ । स्पेनिस ला लिगा फुटवलमा बार्सिलोनाले ८ अंकको अग्रता कायम गरेको छ ।  आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई २–१ ले हराउँदै ८ अंकको अग्रता लिएको हो ।  बार्सिलोनाको जितमा लियोनल मेस्सी र जेराड पिकेले एक एक गोल गरे । खेलमा अग्रता भने सेभिल्लाले खेलको २० औँ मिनेटमा भिटोलोको गोलबाट लिएको थियो। तर खेलको ३१ औँ मिनेटमा लियोनल मेसीले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ एक–एक गोल को बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा एक गोल गरेको थियो। 

 दोस्रो हाफको तेस्रो मिनेटमा पिकेले गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता लियो । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र बार्सिलोना २–१ ले विजयी भयो ।जितपछि बार्सिलोनाको २६ खेलबाट ६६ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको समान २६ खेलबाट ५८ अंक छ । तेस्रो स्थानको रियल मड्रिड बार्सिलोना भन्दा १२ अंकले पछि छ । उसको २६ खेलबाट ५४ अंक मात्रै छ । बार्सिलोनासँग पराजित भएको सेभिल्ला २६ खेलबाट ४१ अंक सहित छैटौं स्थानमा छ ।