युरो कप फुटबल प्रतियोगिको पहिलो क्वाटर फाईनल नेपाली समय अनुसार आज राती पौने १ बजे पोर्चुगल र पोल्याण्डबिच हुँदै छ ।
युरो कपमा पोल्याण्डको यो पहिलो क्वाटर फाईनल यात्रा हो ।
पर्चुगल भने सन् १९९६ देखि लगातार क्वाटर फाईनल प्रवेश गर्दै आएको छ ।
यो खेलमा विजयी भए पोर्चुगलले पाँचौ पटक सेमिफाईनलको यात्रा तय गर्ने छ ।
तर पोर्चुगलले अहिले सम्म युरो कपको उपाधि भने जित्न सकेको छैन ।
जारी युरो कपमा पोर्चुगलका फुटबल हस्ती क्रिस्चीयानो रोनाल्डोको अर्को कीर्तिमान रच्ने मौका भने अभैm बाँकी रहेको छ ।
रोनाल्डोले आफुले खेलेका चार वटै युरो कपमा गोल गर्ने कीर्तिमान राखेका छन् भने यो प्रतियोगिता समेत गरि अहिले सम्म जम्मा ८ गोल गरेका छन् ।
अब अर्को एक गरेको खण्डमा रोनाल्डोले फ्रान्सका पूर्व कप्तान मिस्याल प्लेटिनीको युरो कपमा सर्वाधिक ९ गोलको कीर्तिमानलाई बराबरी गर्ने छन् ।