बक्सिङ प्रशिक्षक २ स्टार कोर्ष लिन काजकिस्तान तर्फ

Posted on: May 03, 2016 | views: 250

काठमाडौं,फागुन १६ । नेपाल बक्सिङ्ग संघको पहलमा दुई नेपाली प्रशिक्षक आइबा २ स्टार कोचेज प्रशिक्षण कोर्श गर्नका लागि काजकिस्तानको अल्माटी जाने भएका छन् । कोर्श गर्न जाने प्रशिक्षकहरुमा दिलिप ठकुरी र लालबहादुर पौडेल रहेका छन् । दुवै प्रशिक्षकलाई एक कार्यक्रमबिच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुभकामना सहित विदाई गरे । 

कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठ, बक्सिङका प्रमुख प्रशिक्षक प्रचन्ड शर्माको उपस्थिति थियो । नेपाल बक्सिङ संघले नियमित रुपमा प्रशिक्षकको स्तरबृद्धि गराउने उद्धेश्यले प्रशिक्षकहरुलाई प्रशिक्षण कोर्शमा सहभागिता गराउंदै आईरहेको छ ।