अर्जेन्टिना भर्सेस चिली कसले जित्ला कोपा अमेरिकाको उपाधि ?

Posted on: June 26, 2016 | views: 673

एजेन्सी,असार १२ । कोपा अमेरिका स्थापनाको सयौं वर्षगाँठका अवसरमा भइरहेको कोपा अमेरिका फुटबल उपाधिको लागि सोमवार अर्जेन्टिना र चिली  भिड्दैछन्। फाइनल खेल अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान नेपाली समयअनुसार ५:४५ बजे हुनेछ। गत वर्ष चिलीले आफ्नो घरेलु मैदानमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै ऐतिहासिक जित निकालेको बदला लिदै अर्जेन्टिनालाई २३ वर्षपछि उपाधि जित्ने दाउमा मैदान उत्रदैछ । १४ पटकको उपाधि विजेता भए पनि अर्जेन्टिना १९९३ मा कोपा अमेरिकाको उपाधि जिते यता महत्वपूर्ण उपाधिविहीन रहेको छ । 

जारी प्रतियोगितामा अर्जेन्टिनाले अमेरिकालाई तथा चिलीले कोलम्बियालाई पराजित गर्दै फाइनलमा भेट तय गरेका हुन् । अर्जेन्टिना पेनाल्टी सुटआउटमा पटक पटक अभागी रहदै आएको छ । सन् २००६ को विश्वकपमा जर्मनीसँग, २०११ को कोपामा उरुग्वेसँग पेनाल्टी सुटआउटमै पराजित भएको थियो।  सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो। यो पटक अर्जेन्टिनासामु उक्त हारको बदला लिने उपयुक्त मौका मिलेको छ भने मेसीलाई अर्जेन्टिनालाई २३ वर्षपछि कोपाको उपाधि दिलाउँदै इतिहासमा नाम लेखाउने अवसर हुनेछ।