जर्मनी विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा

Posted on: June 21, 2016 | views: 188

काठमाडौं,असार ७ ।  विश्व विजेता जर्मनी र पोल्याण्ड युरो कप २०१६ को नकआउट चरणमा पुगेका छन् । जर्मनी समूह सीको विजेता र पोल्याण्ड उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।  मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसको जितमा मारियो गोमेजले गोल गरे । अर्को खेलमा पोल्याण्डले युक्रेनलाई समान १-० गोल अन्तरले नै पराजित गरेको छ । उसको जितमा ज्याकुब ब्लासचेकोस्कीले गोल गरे ।