जिम्बाब्बेलाई भारतले १० विकेटले हरायो

Posted on: June 20, 2016 | views: 245

एजेन्सी,असार ६ ।  जिम्बाब्बे विरुद्दको दोस्रो  ट्वान्टी ट्वान्टी क्रिकेटमा भारत विजयी भएको छ । भारतले घरेलु टोली जिम्बाब्बेलाई   १० विकेटले पराजित गरेको हो । यस अगाडि शनिवार भएको पहिलो खेलमा भने जिम्बाब्बेले भारतलाई २ रनले पराजित गरेको थियो।टस जितेर सुरुमा ब्याटिङ् गरेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ९९ रन बनायो, जिम्बाब्बेको लागी पिटर मोरले ३१ बनाउनु बाहेक अरु ब्याट्मेनले दोहोरो अंक निकाल्न नसक्दा जिम्बाब्बे ९९ रनमा टुङ्गीएको हो । 


भारतका बिरेन्द्र सरन ४ विकेट जस्प्रित भुम्रहा ३ तथा युजबेन्द्र सिंह र रिषी धावनले १-१ विकेट लिए। यता एक सय रनको सामान्य बिजयी लक्ष्य सहित मैदानमा उत्रिएको भारतले १३ दशमलव १ ओभरमा नै बिना विकेट लक्ष्य भेट्टायो । भारतको लागी मन्दिप सिंह ४२ बलमा ६ चौंका र १ छक्काको मद्दतले नटआउट  ५२ अर्धसतकिय पारी खेले भने लोकेश राहुलले नटआउट ४७ रन बनाए।