आइसल्याण्ड र हंगेरीले बराबरी खेल्दै अंक बाँडे

Posted on: June 18, 2016 | views: 294

एजेन्सी,असार ४ । युरो २०१६ अन्तर्गत  दोस्रो खेलमा  आइसल्याण्ड र हंगेरीले बराबरी खेलेका छन् ।   खेल जित्दै दोस्रो चरण प्रवेश गर्ने दाउमा मैदान उत्रेका आइसल्याण्ड र हंगेरीले १-१ को बराबरी खेलेका हुन् । खेलको ४० औ मिनेटमा अग्रता लिएको  आइसल्याण्डले आन्तिम समयमा ८८ औं मिनेटमा गोल खादै अंक बाँड्न बध्य भयो ।


बेल्जियमसमूह चरणको पहिलो खेलमा पोर्चुगल जस्तो टीमलाई बराबरीमा रोकेको आइसल्याण्ड आज भने बराबरीमा रोकियो । अष्ट्रियालाई पराजित गरेको हंगेरी पनि दोस्रो खेलमा पनि त्यही प्रदर्शनलाई दोहोर्‍याउने तयारीमा रहेको भिएपनि त्यो सफल हुन सकेन् ।