१८ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि

Posted on: May 02, 2016 | views: 200

सुनसरी, फागुन १५ । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको १८ औं संस्करण सुनसरीको धरानमा आजदेखि सुरु हुँदैछ । प्रतियोगितमा भारत र भुटानका एक एकसहित ८ टोलीको सहभागिता छ ।
मनाङ मर्स्याङदी, भुटानको भुटान ११, सशस्त्र प्रहरीको एपिएफ र पोखरा ११ समूह ‘ए’ तथा रुपेन्देही ११, भारतको शारे क्लब कालिङपोङ, नेपाल पुलिस क्लब र आयोजक धरान फुटबल क्लब समूह ‘बी’ मा छन् ।
प्रतियोगिताको पहिलो खेलमा शनिबार मनाङ मर्स्याङदी र भुटान ११ खेल्ने छन् । यी दुई बिचको खेल दिउँसो ३ बजेपछि धरानमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदान हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख नगद पुरस्कार पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल पाउने छ भने सर्वाधिक गोलकर्तालाई नगद २१ ह्जार दिइनेछ । यसैगरि, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र प्रशिक्षकले जनही नगद ११ हजार दिइने पनि क्लबले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल खेल फागुन  २२ गते हुनेछ ।