मदन भण्डारी स्मृति कप : बुढानिलकण्डलाई हराउदै चन्द्रागीरी सेमिफाइनलमा

Posted on: June 18, 2016 | views: 271

काठमाडौँ,असार ४ । मदन भण्डारी स्मृति प्रथम नगरकप फुटबल प्रतियोगितामा चन्द्रागीरी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । जननेता मदन भण्डारीको ६४औँ जन्म जयन्तीको अवसरमा बुढानिलकण्ठ स्कुलको खेल मैदानमा भएको खेलमा चन्द्रागीरी नगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई ३–० ले हरायो । चन्द्रागीरीको जितमा पले खड्का,राजन श्रेष्ठ र समिर कार्कीले गोल गरे ।


खेलको पहिलो हाफमा गोल रहित बराबरीमा टुंगीएको थियो । तर दोस्रो हाफमा भने चन्द्रागीरीले आक्रमक खेल प्रस्तुत गर्दै गोल गर्न सफल भयो । खेल ५७औँ मिनेटमा पले खड्काले गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ७७औँ मिनेटमा चन्द्रागीरीले अर्को गोल थप्यो । उसका लागि राजन श्रेष्ठले गोल गर्दै चन्द्रागीरीको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटमै चन्द्रागीरीले तेस्रो गोल ग¥यो । समिर कार्कीले गोल गरेपछि चन्द्रागीरी खेलमा ३–० ले अगाडी रह्यो । उक्त गोलसँगै चन्द्रागीरीले जित लगभग सुनिश्चत गरेको थियो । त्यसपछिको बाकी समयमा थप गोल हुन नसकेपछि चन्द्रागीरी अन्तीम चारमा पुग्न सफल भयो ।


मदन भण्डारी स्पोट्र्स एकेडेमीको तत्ववाधन र बुढानिलकण्ठ नगर कमिटीको आयोजनामा भएको प्रथम मदन भण्डारी अन्तर नगर कप फुटबल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी एवम् मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारी,एकेडेमीका अध्यक्ष सभासद विनोद श्रेष्ठ र बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष विकास तामाङले गरे । शनिबारदेखि शुरु प्रतियोगिता आगामी १२ असार सम्म सञ्चालन हुनेछन् । कुल आठ टिमको सहभागीता रहेको प्रतियोगितामा नगरपालिकका दुई टिमले सहभागीता जनाउन पाउन प्रावधान छ । दुई समुहमा विभाजन गरीएको प्रतियोगीताको एक समुहमा चार टिम छन् ।


 प्रतियोगिताको विजेताले  १ लाख तथा उपविजेताले ५० हजार नगद शहित ट्रफि प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्टलाई पनि पुरस्कृत गरीने आयोजकले जनाएको छ । बेस्ट प्लेयर,आई स्कोरर,बेस्ट गोलरक्षक र बेस्ट डिफेन्डर नगद पाँच हजार र ट्रफिद्धारा पुरस्कृत गरीनेछ । प्रतियोगिताका लागि बुढानिलकण्ठ नगरपालिको पनि सहयोग रहेको छ । नेपाली खेलकुदको विकासका लागि स्पोट्र्स एकेडेमिले प्रत्येक महिना देशका विभिन्न क्षेत्रमा प्रतियोगिता आयोजना गर्दै आइरहेको जनाए ।